२०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

आज कात्तिक २७ गते शुक्रबार राशिफल


८२९ पाठक संख्या
  • २०८३ कार्तिक २७, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन सहज रहेको छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य छ । जोगिएर यात्रा गर्नु उपयुक्त हुनेछ । अचानक सञ्चित धन खर्च हुनेछ । साथीबाट धोका हुनसक्छ । स्वास्थ्यले भने साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ । वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ । राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ । परिवारमा घुमघामको तय हुनेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मनमा अशान्ति बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । लगानी भए फाइदा हुने दिन रहेको छ। परिवारमा तपाईंको विश्वास घट्ने जोखिम छ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन राम्रो छ । बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ । रोगको प्रकोप बढ्न सक्छ । परिवारको साथ मिल्नेछ । संकटमा साथीको साथ मिल्ने योग छ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन सामान्य छ । बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ । सामान्य खानेकुरामा चित्त बुझाउनुपर्ने दिन छ । अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ । साथीभाइ दाहिना रहनेछन् । संगठनको बलमा राम्रा काम हुनेछन् । स्वास्थ्यले समेत राम्रो साथ दिनेछ । घुम्ने अवसर मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    बोलीको प्रभावले राम्रो काम बन्नेछ । लगानी गर्दा फाइदा हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास प्रभावशाली हुनेछ । परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ । आफ्ना कुरा अरुसँग साट्नु राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्ने छ । राजनीतिक संगठनबाट फाइदा हुने दिन छ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ । एकल निर्णय गर्दा घाटा हुनेछ । परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन राम्रो छ । आफूले सोचेका काम सहजै सञ्चालन हुनेछन् । विशेष कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    सोचेका काम बन्नेछन् । धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ । लगानीको क्षेत्रबाट नाफा हुने योग छ । धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑