२०८३ कार्तिक १७, मंगलबार | Tue, 03, Nov, 2026

आज कात्तिक १७ गते मंगलबारको राशिफल


१०६३ पाठक संख्या
  • २०८३ कार्तिक १७, मंगलबार मा प्रकाशित १0 घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ। आज गरेको लगानीले फाइदा दिनेछ। विदेशमा भन्दा स्वदेशमै मन जानेछ। पारिवारिक जमघटले दिन रमाइलोसँग बित्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ आयाम थपिनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य राम्रो छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मिक कार्यमा सरिक हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार र शिक्षाको क्षेत्रमा आफ्नो पक्षमा नतिजा आउने योग छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन राम्रो छ। शुभकार्यमा सरिक हुने अवसर मिल्नेछ। बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। आम्दानी हुनेछ । मानसम्मान प्राप्त हुनेछ । सोचेका काम बन्नाले मनमा खुसी मिल्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। गोपनीयता कायम राख्नुपर्नेछ। हरेक काम गर्दा मिहिनेत बढी नै गर्नुपर्ने समय छ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ। आज शिक्षामा गरेको लगानीबाट नाफा हुने दिन छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। राजनीति क्षेत्रमा भने सचेत बन्नु राम्रो हुन्छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन सामान्य रहेको छ। कामको बोझले थकान महसुस हुनेछ। स्वदेशमा गरेको लगानीमा उदासिनता देखिनेछ। राजनीति र वैदेशिक लगानीमा भने फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा खटपटी आउन सक्नेछ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ध्यान दिनुहोला। सामाजिक र राजनीतिक क्षेत्रमा भन्दा व्यवसायमा फाइदा हुने दिन छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन राम्रो छ। स्वास्थ्यमा लाभ मिल्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। प्रेम सम्बन्धबाट खुशी मिल्ने योग छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन सामान्य छ। आज तपाईंको सञ्चित धन खर्च हुनेछ। धार्मिक र बौद्धिक क्षेत्रमा मन जानेछ। राजनीतिमा प्रवेश नै नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन सामान्य छ। अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ। यात्राले खर्च बढ्ने छ । शिक्षामा गरेको लगानीबाट आशिंक फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑