२०८३ कार्तिक १८, बुधबार | Wed, 04, Nov, 2026

आज कात्तिक १८ गते बुधबारको राशिफल


७५७ पाठक संख्या
  • २०८३ कार्तिक १८, बुधबार मा प्रकाशित २ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    राम्रो दिन छ। सानातिना कुराले मनमा खुसी मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। भूमिसम्बन्धी कारोबारमा लाभ मिल्नेछ। हरेक काममा थप श्रम गर्नु उचित हुन्छ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर हात लाग्नेछ। परिवारले तपाईंलाई आज सही सल्लाह दिनेछन्। समस्याको समाधानका लागि साथीले साथ दिनेछन् ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन सामान्य छ । आज संघर्ष गर्नुपर्ने दिन छ । स्वास्थ्यमा समस्या आउन सक्छ। आफैले बोलेको कुराले पछुतो लाग्नेछ। बोल्दा ध्यान दिनुपर्नेछ। बन्धुसँग गरेको सहकार्यले तपाईंलाई फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन सामान्य छ। मनमा चिन्ता बढ्नेछ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। धर्मकर्ममा मन जानेछ। आज दान दक्षिणा गर्नु उचित हुनेछ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज जोगिएर काम गर्नुपर्ने दिन छ । श्रम शोषण गर्ने सक्रिय छन्। शिक्षामा भने नाम, दाम कमाउने दिन छ। आफूभन्दा ठूला व्यक्तिको सल्लाह लिएर मात्र अघि बढ्नुहोला। परिवारमा खटपटी बढ्नेछ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ। परिश्रमको फल मिल्नेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन सामान्य राम्रो छ। बोझ थपिनेछन्। शिक्षामा गरेको लगानीमा आंशिक लाभ हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। उच्च पदस्थ व्यक्तिसँगको भेटले मन हल्का हुनेछ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आकस्मिक लाभ मिल्नेछ । पुराना मित्रसँगको भेटले नयाँ योजना बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। संकटमा साथीको साथ मिल्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ । समयको सदुपयोग गर्नुहोला । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्नेहरु बढ्नेछन्।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन सामान्य छ। शत्रु बढ्नेछन्। धार्मिक व्यक्तित्वसँग परामर्श गरेर मात्र अघि बढ्नुहोला। स्वास्थ्य लाभ हुनेछ। आज थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ । टाढाको यात्रा नगर्नु उचित हुन्छ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन सामान्य छ। धैर्य गरेर अगाडि बढ्नुपर्ने दिन छ । आफन्त टाढिनेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत भेटिनेछन्। पारिवारिक सुत्रको सल्लाह लिएर अघि बढ्नुहोला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑