२०८३ मंसिर २, बुधबार | Wed, 18, Nov, 2026

बल्थली रिसोर्टमा शंकास्पद संरचना, ४० विदेशी नियन्त्रणमा


१४२३ पाठक संख्या
  • २०८३ मंसिर २, बुधबार मा प्रकाशित ४ घण्टा अघि
  • २ मंसिर, काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट प्रहरीले ४० जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी राकेश थापाको नेतृत्वमा खटिएको टोलीले रिसोर्टमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिइएकामध्ये ३५ जना जापानी र ५ जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ। उनीहरूले रिसोर्ट पूरै भाडामा लिएर बस्दै आएको खुले पनि नियन्त्रणमा लिनुको कारण र उनीहरूको गतिविधिबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

    बल्थली माउन्टेन रिसोर्टभित्र गरिएको प्रारम्भिक निरीक्षणका क्रममा छुट्टाछुट्टै क्याबिन, फोटो स्टुडियो तथा प्रहरी स्टेसनजस्तै देखिने दुईवटा संरचना निर्माण गरिएको पाइएको छ।

    प्रहरीका अनुसार रिसोर्टभित्र कार्यालयकै स्वरूपमा छुट्टै फोटो स्टुडियोसमेत स्थापना गरिएको थियो। प्रहरी चौकीको झल्को दिने संरचना बनाइनु र त्यसको सम्भावित प्रयोगबारे पनि अनुसन्धान भइरहेको छ।

    त्यहाँ विभिन्न व्यक्तिका लागि छुट्टाछुट्टै क्याबिन निर्माण गरिएको र प्रत्येक व्यक्ति आ–आफ्नो क्याबिनमा बसेर काम गरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी विष्टले जानकारी दिए।

    प्रहरीको प्रारम्भिक आशंकाअनुसार प्रहरी कार्यालयजस्तो देखिने संरचना प्रयोग गरेर प्रहरीकै परिचय दिई विभिन्न व्यक्तिसँग कुराकानी गरिएको हुन सक्ने सम्भावनासमेत छ। तर, यसबारे पुष्टि हुन बाँकी छ।

    दुई रिसोर्टमा एकैदिन भएको प्रहरी कारबाहीपछि विदेशी नागरिकको गतिविधि, उनीहरूले प्रयोग गरेका उपकरण तथा निर्माण गरेका संरचनाको उद्देश्यबारे अनुसन्धान केन्द्रित भएको छ। विशेषगरी डिजिटल उपकरणको फरेन्सिक परीक्षण र विदेशी नागरिकको नेपाल प्रवेश तथा बसाइको प्रयोजनबारे हुने अनुसन्धानले घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑