२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

भारतबाट आयातित तरकारीमा बिषादी ! कृषकहरुमाथि गरेको षड्यन्त्र पर्दाफास


३७१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ५ साल अघि
  •  

    आई.आर.के.मैनाली
    बनेपा-नेपाली कृषकहरुले उत्पादन गरेको ताजा तरकारी तथा फलफुलले बजार नपाउंदा कृषकहरु मारमा पर्ने गरेका छन् । त्यस्तो हुनुको प्रमुख कारण छिमेकी मुलुक भारतबाट आयात गरिएको गुणस्तरहिन बिषादि युक्त तरकारी तथा फुलफुलहरु रहेको अहिले आएर सरकारको कृयाकलापले पुष्ठि गरेको छ ।

    अत्याधिक बिषादि प्रयोगगरी भारतमा उत्पादन भएको तरकारी काठमाडौमा विक्रिको लागि ल्याउने जुन नेपाली उत्पादन भन्दा केहि सस्तो हुने भएकोले नेपालमा उत्पादन भएको ताजा तरकारी बिक्रि गर्न समस्या हुदै आएको हो तरकारी उत्पादक कृषकहरुको गुनासो रहेको छ । आयातित तरकारी सहज ढंगबाट बिक्रि बितरण गर्न र नेपाली उत्पादनलाई छायाँमा पार्ने उद्देश्यले समय समयमा सड्यन्त्र मुलक ढंगबानट नेपाली उत्पादनमा बिषादीको अवषेश रहेको हल्ला पिटाउने कार्य समेत राज्य तर्फबाट हुने गरेको छ ।

    आयातित विषादि युक्त तरकारीको परिक्षण नगरीनु र तरकारी परिक्षणको नाउमा नमुना संकलन गर्दा आयातित तरकारी बाट संकलन गरी नेपालमा उत्पादन भएको भन्दै हल्ला पिटाउनुले थप समस्या भएको थियो । नमुना संकलन गर्दा तरकारी स्टलका व्यापारीहरुले भारतबाट आएको तरकारीलाई नेपाली उत्पादन भन्दै झुक्याउने गर्दा परिक्षणको क्रममा समस्या आएको थियोे । व्यापारीहरुले बढी फाईदा लिनको लागि आयातित तरकारीलाई नेपालि उत्पादन भन्दै बिक्रि गर्ने गरेकोले आम उपभोक्ताहरु ठगिनुका साथै बिषादि युक्त तरकारी सेवन गर्न बाध्य भएको अध्ययनबाट खुलेको छ ।

    आम उपभोक्ताहरु ठगिएको साथै बिषादि युक्त तरकारी सेवन गर्नु परेकोले आयातित तरकारी सिमा क्षेत्रमा परिक्षण गर्ने तयारी गर्दा भारत सरकारले तरकारी परिक्षणमा रोक लगाएको छ । भारत सरकारले परिक्षण कार्य नगर्न दवाव दिएपछि नेपाल सरकारले परिक्षण बिना नेपाल भित्रन अनुमति दिएको छ । तर आम उपभोक्ताहरुले सरकारको सो कार्यको बिरोध गर्दै आएका छन् । आयात भएको तरकारी परिक्षणमा बिषादी भएको पाईएको छ । कृषि विज्ञहरुले भारतबाट आयात हुने तरकारीमा ९० प्रतिशत विषादी हुने गरेको दाबी गरेका छन् । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञहरुको भनाइ छ । विषादी मिसिएको तरकारी अधिकांश कालिमाटी तरकारी बजारबाटै उपभोक्ताको घरसम्म पुग्ने गरेको समेत देखिएको छ । नेपाल र नेपालि जनताको हितको लागि कार्य गर्ने जिम्मेवारी लिएका सरकारलै नै भारतबाट यसरी निर्बाध आयात हुने विषादीयुक्त तरकारी र फलफूलमा परीक्षणमा कडाइ गर्न सकेको छैन ।

    कालिमाटीमा भारतबाट आउने तरकारी सस्तो हुने भएपछि खुद्रा व्यापारीले त्यही किनेर नेपालमा उत्पादन भएको भन्दै विक्री गर्ने गर्दछन् । भारतको तरकारी भन्दा नेपालको महंगो हुने हुँदा उपभोक्ताले सस्तोको नाममा भारतीय तरकारी नै खरिद गर्दा विषादीयुक्त तरकारी खपत गर्ने गरेको समेत विज्ञको भनाइ छ । तर सरकारलै नै भारतबाट यसरी निर्बाध आयात हुने विषादीयुक्त तरकारी र फलफूलमा भने परीक्षणमा कडाइ गर्न सकेको छैन । भारतबाट आउने तरकारीमा विषादीको मात्रा परीक्षण गरेर मात्र भित्र्र्याउन दिएको आफ्नै निर्देशन सरकारले दुई साता नबित्दै फिर्ता लिएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नाकामा तरकारीको विषादी परीक्षण गर्दा आफैंले नाकाबन्दी लगाएजस्तो भएकाले रोकिएको बताएका छन् । राष्ट्रियसभामा सोमबार कांग्रेस सांसदले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले कसैको दबाबले तरकारीमा हुने विषादी परीक्षण नरोकिएको बताए पनि भारत सरकारको दवावले गर्दा परिक्षण रोकिएको बिज्ञहरुको भनाई रहेको छ । मन्त्रि यादवले नाकामा परिक्षण गर्दा आफैंले नाकाबन्दी गरेजस्तो हुने जसले गर्दा बजार मुल्य बढ्ने बताएका छन् । उनले कसैसँग नझुक्ने र कसैसँग नलड्ने बानी आफूहरूको भएकोले दबाबमा विषादी परीक्षण रोकिएको भन्नु गलत रहेको दाबी गरे । यादवले थपे हाम्रो कसैसँग नझुक्ने, कसैसँग नलड्ने बानी छ, ‘दबाबमा परेर रोकेको होइन । झुकेको पनि होइन ।’ छिमेकीसँग मित्रवत व्यवहार गर्न चाहेको हो । गुणस्तरीय प्रयोगशाला निर्माणका लागि केही समय तरकारी परीक्षण नगरिएको उनले दाबी गरे ।

    त्यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विषादी जाँच्ने प्रयोगशाला ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन् । सरकारले पूर्वाधार अभावमा भारत र तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षा रोक्नु परेको बताइरहेका बेला मन्त्री खनालले भने कर्णालीबाहेक अन्य सबै प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन् । कर्णालीबाहेक ६ वटा प्रदेशमा एक–एकवटा विषादी परीक्षण केन्द्र रहेको बताएका छन् । एक नम्बरको विर्तामोड, २ को सर्लाली, ३ कालिमाटी, गण्डकीको पोखरा, पाँच नम्बरको बुटवल र सात नम्बरको २ ठाउँमा रहेको बताए । तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिक्षण किन रोक्यो मैले केही भन्न सक्दिनँ । मन्त्री खनालले कालिमाटीमा रहेको अन्तराष्ट्रियस्तरको केन्द्रीय ल्याबले २९ वटा विषादी परीक्षण गरिरहेको पनि उनले जानकारी दिए । ‘हामीसँग अन्तराष्ट्रिय मापदण्डका प्रयोगशालाका छन् । भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणको निर्णय राजपत्रमा प्रकाशित भएपछि मैले काम थालेका हुँ’, उनले भने, ‘फेरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परीक्षण रोक्न क्याबिनेटमा प्रस्ताव लगेपछि किन रोकियो ? जानकारी भएन । नेपालबाट भारततर्फ जाने तरकारी र फलफूल कोलकाता र लखनउ लगेर अहिले पनि विषादी परीक्षण भइरहेको बताउँदै उनले नेपालमा त केही किलोमिटरको दुरीमा विषादी परीक्षणस्थल रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार