२०८३ आश्विन १७, शनिबार | Sat, 03, Oct, 2026

बस नालामा खस्दा ५ जनाको मृत्यु, ११ घाइते


१०५०५ पाठक संख्या
  • २०८३ आश्विन १७, शनिबार मा प्रकाशित २0 घण्टा अघि
  • १७ असोज, बुटवल । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

    विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको एस मोडमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट नालामा खसेर दुर्घटनामा परेको हो।

    प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायका अनुसार बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुई जना भने सकुशल रहेको प्रारम्भिक विवरण छ।

    घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ भने अन्य घाइतेको डण्डास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑