२०८३ कार्तिक २३, सोमबार | Mon, 09, Nov, 2026

आज कात्तिक २३ गते सोमबार राशिफल


१०२७ पाठक संख्या
  • २०८३ कार्तिक २३, सोमबार मा प्रकाशित ४ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    धेरै साथीको साथ पाउने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य छ । विश्वास गरेका पात्रले धोका दिनेछन् । रोग बढ्ने जोखिम छ । आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन सहज छ । संगठनमा तपाईंको कामको प्रशंसा हुनेछ । हरेक काममा आफन्तको साथ मिल्नेछ । बोलीमा ख्याल गर्नु राम्रो हुनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    साना कुरामा रिस उठ्नसक्छ । शान्त बन्न सिक्नुपर्नेछ । स्वास्थ्यले साथ दिने योग छ । परिवारमा मेलमिलाप हुनेछ । राजनीति भन्दा कृषि र पशुपालनको क्षेत्रमा फाइदा हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    मानसम्मान प्राप्त हुने दिन छ । बोली र व्यवहारमा सचेत बन्नुपर्नेछ । फलामको व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी काममा भन्दा परोपकारमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ । स्वास्थ्यले साथ दिनेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    प्रशंसा गर्नेहरु बढ्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    खर्च बढ्ने दिन छ । बोलीको प्रभावले अरुको परोपकार गर्न सकिनेछ । सामाजिक सेवाको अवसर मिल्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा सोचेका काममा सफलता मिल्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । राजनीतिक संगठनमा राम्रो पहुँच बन्नेछ । तर रोगको प्रकोप बढ्ने जोखिम भएकाले सावधानी अपनाउनुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    सोचेको काम बन्ने दिन छ । व्यवहारमा कुशलता प्रदर्शन गर्नुपर्नेछ । शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारमा खटपटी बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । विशेष गरेर दाजुभाइ र दिदीबहिनीले सहयोग गर्नेछन् । आफ्नो योजना सफल पार्न गणेशको पूजा गर्नु राम्रो हुनेछ । मनमा शान्ति मिल्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    स्वास्थ्यमा समस्या हुनसक्छ । टाउको दुख्ने र पेट सम्बन्धी समस्याले सताउने छ । सञ्चित धन खर्च हुनेछ । बिहान उठेर शिवको भजन र पुजन गरेमा दिन सहज बन्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑