२०८३ कार्तिक २५, बुधबार | Wed, 11, Nov, 2026

देशभर मौसम बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपात


५५९ पाठक संख्या
  • २०८३ कार्तिक २५, बुधबार मा प्रकाशित २ घण्टा अघि
  • २५ कात्तिक, काठमाडौं । देशका विभिन्न भू–भागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। चिसो बढ्दै जाँदा तराई, उपत्यका र खोँचका क्षेत्रमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    पहाडी भू–भागतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट वर्षाको सम्भावना रहेको छ।

    राति पनि वर्षा र हिमपातको सम्भावना

    महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भाग र कोशी तथा बागमती प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

    यसैबीच, चिसो मौसम सुरु भएसँगै तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑