२०८३ कार्तिक २९, आईतबार | Sun, 15, Nov, 2026

पेट्रोल छर्केर आगो लगाइएका चौधरीको मृत्यु, साथी पक्राउ


२७१९ पाठक संख्या
  • २०८३ कार्तिक २९, आईतबार मा प्रकाशित १९ घण्टा अघि
  • २९ कात्तिक, काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार चौधरीको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो । प्रहरीका अनुसार दाङको राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरियाका चौधरीलाई उनका साथी सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाएका थिए ।

    घटनापछि कार्की फरार भएका थिए । प्रारम्भिक प्रहरी अनुसन्धानअनुसार दुवै जना साथी हुन् । उनीहरू सँगै बसेर मदिरा सेवन गरिरहेका बेला आपसी भनाभन भएको थियो । सोही क्रममा कार्कीले आफ्नो मोटरसाइकलमा हाल्न बोतलमा ल्याएको पेट्रोल चौधरीमाथि खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले हिजो दाङको लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑