२०८३ कार्तिक २९, आईतबार | Sun, 15, Nov, 2026

ढुङ्गासहितको पहिरोले लियो कार्यवाहक वडाध्यक्षको ज्यान


७३६३ पाठक संख्या
  • २०८३ कार्तिक २९, आईतबार मा प्रकाशित १९ घण्टा अघि
  • २९ कात्तिक, डोल्पा । सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा गम्भीर घाइते भएका डोल्पाको काइके गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन भएको छ ।

    गत बिहीबार दिउँसो करिब ४ बजे काइके गाउँपालिका–७ स्थित लावनमा सडक निर्माण भइरहेको स्थानमा एक्कासि माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा ३४ वर्षीय बूढा गम्भीर घाइते भएका थिए ।

    पहिरोमा परी घाइते भएका बूढालाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार नेपालगन्ज लगिएको थियो ।

    नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको अवस्थामा शनिबार उनको निधन भएको हो ।

    बूढा २०७९ सालको स्थानीय तह निर्वाचनमा काइके गाउँपालिका–७ को वडा सदस्यमा निर्वाचित भएका थिए । वडाध्यक्ष काम विशेषले जिल्ला बाहिर रहेका कारण उनी केही समयदेखि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । सडक निर्माणस्थलमा भएको दुर्घटनाले जनप्रतिनिधि गुमाउँदा स्थानीय क्षेत्रमा दुःख छाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑