२०८३ कार्तिक २९, आईतबार | Sun, 15, Nov, 2026

चोरीको मोटरसाइकल सहित तीन युवक पक्राउ


३६०१ पाठक संख्या
  • २०८३ कार्तिक २९, आईतबार मा प्रकाशित १३ घण्टा अघि
  • २९ कात्तिक, काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना युवक पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाको टोलीले शंकास्पद अवस्थामा मोटरसाइकलमा सवार तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त मोटरसाइकल चोरीको भएको खुलेको हो।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा तथा सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र समीर तामाङ रहेका छन्।

    प्रहरीका अनुसार बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा शंका लागेपछि थप सोधपुछ गरिएको थियो। सोधपुछका क्रममा उनीहरूले चढेको मोटरसाइकल चोरीको भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

    पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद अनुमति लिएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑