२०८३ कार्तिक २५, बुधबार | Wed, 11, Nov, 2026

आज कात्तिक २५ गते बुधबार राशिफल


९९१ पाठक संख्या
  • २०८३ कार्तिक २५, बुधबार मा प्रकाशित २ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन सामान्य छ । मन अशान्त हुनसक्छ । थोरै बोल्नु उचित हुनेछ । साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुन्छ। व्यापारमा थप मिहिनेत गर्नु पर्ने दिन छ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन राम्रो छ । आम्दानी हुनेछ । पुराना मित्रसँगको भेटले मनमा खुसी मिल्नेछ । परिवारको सल्लाह र सुझाव लिएर अगाडि बढेमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    यात्रा कष्टकर हुने भएकाले यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन राम्रो छ । आफन्तसँगको सम्बन्ध दरिलो बनाउने प्रयास गर्नुपर्नेछ । यात्रामा फाइदा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्रबाट उत्साह मिल्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन राम्रो छ । संयुक्त लगानी भए मात्र व्यापारमा फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा तपाईंको मन रमाउने योग छ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ । तर विवादबाट जोगिनुपर्ने दिन छ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    मन अशान्त बन्नेछ । लगानीको क्षेत्रबाट घाटा हुनेछ । परीक्षाको नतिजा राम्रो आउनेछ । हरेक काममा परिवारले राम्रो साथ दिनेछन् । शिक्षामा उन्नति हुनेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ । दीर्घकालीन रोगबाट मुक्त हुने योग छ । आफन्तसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नु राम्रो हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आम्दानीका दृष्टिकोणले दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अनावश्यक यात्रामा जाने तयारी गरेको भए सचेत बन्नु राम्रो हुनेछ । रोगले भने सताउने जोखिम भएकाले सावधानी अपनाउनुपर्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन सामान्य छ । खर्च बढ्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट घाटा हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । स्वास्थ्य सम्बन्धी समस्या हुनसक्छ, सचेत हुनुहोला ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    पारिवारिक मेलमिलाप हुनेछ । बिहान उठेर शिवको भजन गर्न सकेमा दिन सहज बन्नेछ । परिवाको साथ र सहयोगले महत्त्वपूर्ण काम सहजै बन्नेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    सोचेको काम बन्दा मनमा खुसी मिल्नेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा हरेक पाइलामा सफलता मिल्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । व्यवसायमा सोचेको जस्तो प्रगति नहुने जोखिम छ । राज्यको तर्फबाट भय बढ्नेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑