२०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

बुढानीलकण्ठलाई संगीतमय बनाउँदै फटाफट मिस्त्री


१५४९ पाठक संख्या
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित ६ घण्टा अघि
  • काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका १३ वटै वडालाई संगीत, मनोरञ्जन र सामाजिक एकताको एउटै सूत्रमा जोड्ने उद्देश्यसहित फटाफट मिस्त्री प्रा.लि.ले बृहत् सांगीतिक अभियान सञ्चालन गर्ने भएको छ। कम्पनीले नगरपालिकाका सबै वडामा चरणबद्ध रूपमा ‘भव्य लाइभ कन्सर्ट’ आयोजना गर्ने तयारी गरेको हो।

    ‘बुढानीलकण्ठ कमाउँछ पनि, रमाउँछ पनि !’ भन्ने आकर्षक नारासहित अघि सारिएको अभियानको मुख्य सन्देश ‘हाम्रो बुढानीलकण्ठ, हामी आउँदै छौँ १३ वटै वडामा’ रहेको छ। अभियानअन्तर्गत स्थानीयवासीलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नुका साथै कला, संस्कृति, स्थानीय प्रतिभा र सामाजिक सद्भावलाई प्रोत्साहन गरिने आयोजकले जनाएको छ।

    कन्सर्टमा लोकप्रिय कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुति रहनेछ। विशेष आकर्षणका रूपमा चर्चित त्रिकोण ब्यान्डको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। नगरपालिकाका १३ वटै वडामा फरक–फरक मितिमा कार्यक्रम सञ्चालन गरिनेछ भने कार्यक्रमको मिति, स्थान र समयसम्बन्धी जानकारी फटाफट मिस्त्री प्रा.लि.को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।

    फटाफट मिस्त्री प्रा.लि.का सञ्चालक प्रदीप मैनालीका अनुसार बुढानीलकण्ठमा लामो समयदेखि नगरवासीलाई लक्षित गरी पर्याप्त मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रम आयोजना हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्रबाटै केही नयाँ र रचनात्मक पहल गर्न अभियान अघि सारिएको हो।

    ‘मनोरञ्जन र सांस्कृतिक गतिविधि पनि नगरको पहिचान र सामाजिक जीवनका महत्त्वपूर्ण पक्ष हुन्। लामो समयदेखि यस्ता कार्यक्रमको अभाव देखिएकाले अरूको प्रतीक्षा गर्नुभन्दा आफैँले पहल गर्नुपर्छ भन्ने सोचका साथ अभियान सुरु गरेका हौँ,’ मैनालीले बताए।

    उनका अनुसार यो अभियान केवल सांगीतिक मनोरञ्जनमा सीमित रहने छैन। नगरका विभिन्न वडाका बासिन्दाबीच आपसी चिनजान, सहकार्य र आत्मीयता बढाउनुका साथै स्थानीय कलाकार तथा प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नु पनि यसको उद्देश्य हो।

    यसैबीच, १३ वटै वडामा लाइभ कन्सर्ट सम्पन्न भएपछि फटाफट मिस्त्री प्रा.लि.ले थप बृहत् कार्यक्रमका रूपमा ‘फटाफट मिस्त्री ग्रान्ड ओपनिङ कन्सर्ट’ आयोजना गर्ने तयारी गरेको सञ्चालक मैनालीको सचिवालयले जनाएको छ। उक्त कार्यक्रमलाई अभियानको विशेष सांगीतिक समापन तथा कम्पनीको भव्य उद्घाटन समारोहका रूपमा अघि बढाउने तयारी रहेको बताइएको छ।

    आयोजकले नगरपालिकाका सम्पूर्ण वडावासी, युवा, कलाकार, व्यवसायी तथा संगीतप्रेमीलाई अभियानमा सहभागी भई साथ र सहयोग गर्न आग्रह गरेको छ।

    ‘हाम्रो बुढानीलकण्ठ, हाम्रो गौरव—कमाऔँ पनि, रमाऔँ पनि !’ भन्ने सन्देशसहित अघि बढाइएको यो अभियानले नगरको सामाजिक तथा सांस्कृतिक जीवनमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।सम्पर्क : ९८५१२१२५५७

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑