काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय २० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यसमेत घटेपछि बहुमूल्य धातुको बजारमा मंगलबार पनि मूल्यमा गिरावट देखिएको छ।


प्रतिक्रिया दिनुहोस